तोरीबारीमा एक गैंडा मृत फेला 

हेटौडा न्युज
२० पुष २०७६, आईतवार १६:४४
;

कावासोती–१०, रतौलस्थित मोहनीलाल पन्थीको तोरीबारीमा एक गैंडा मृत फेला परेको छ । पूर्वीनवलपरासीको कावासोतीमा आइतबार बिहान अन्दाजी ६/७ वर्षको गैंडा मृत भेटिएको हो । 

गैंडा मृत्युको कारण पत्ता लाग्न बाँकी रहेको लामीचौर वन उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौड्याले जानकारी दिए । 

घटनास्थल पुगेको प्रहरीले अहिले मृत गैंडालाई घेरा हालेर राखेको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले जानकारी दिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*