२१ किलो गाँजासहित २ जना मकवानपुर प्रहरीको फन्दामा

हेटौडा न्युज
२० पुष २०७६, आईतवार १८:२२
;

२१ किलो लागुऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  मकवानपुर प्रहरीले एक कारसहित चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षीय अशोककुमार यादव र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का ४० बर्षीय राजकुमार मोक्तानलाई पक्राउ गरेको हो । 

पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानी अगाडि भएको चेकजाँचका क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बिआर ०६ बिजि ९५१२ नम्बरको कारको डिकीमा ५ प्याकेट गाँजा बरामद गरिएको  मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौर जनाएका छन् । 

प्रहरीले बरामद गरेको गाँजा र पक्राउ परेका दुईजनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*