गृहमन्त्री ‘बादल’ चिन प्रस्थान
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा ६ दिने चीन भ्रमणको क्रममा आइतबार प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा चीनका जनसुरक्षामन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।