प्रदेश सांसदलाई युवाहरुको फुलमाला
प्रदेशसभा सांसदहरुलाई हेटौंडामा भोली सोमबार फूलमालासहित सम्मान गरीने भएको छ । हेटौंडालाई प्रदेशको राजधानी बनाउन रचनात्मक दबाब स्वरुप सबै राजनीतिक दलका युवा, विद्यार्थी संगठन तथा सामाजिक संघसंस्थाका युवाहरुले सांसदहरुलाई फुलमाला लगाई सम्मान गरीने भएको हो ।
हेटौंडामा भएको एक युवा भेलाले प्रदेश सांसदहरुलाई प्रदेश ३ को राजधानी हेटौंडा बनाउन अनुरोधसहित प्रदेशसभा भवन अगाडि बसेर उपस्थित सबै सांसदहरुलाई फूलमाला लगाउने कार्यक्रम तय गरेको हो ।
युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईका अनुृसार ‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ युवाहरुको समूहले रचनात्मक दवाव मुलक कार्यक्रम गर्न लागेको बताएका हुन् ।
प्रदेश सभाको बैठक भोली पौष २१ गते सोमबार दिउसो ३ बजे बस्दैछ । उक्त बैठकमा प्रदेश ३ को राजधानी र नाम टुंगो लगाउन प्रक्रिया अगाडि बढाइने भएको छ ।