शुल्क वृद्धि प्रति स्ववियुको गम्भिर ध्यानाकर्षण, अनेरास्ववियु र क्रान्तिकारीले पनि निकाले विज्ञप्ति

क्याम्पस प्रसाशनले शुल्क वृद्धि गरेको भन्दै स्ववियु मकवानपुर क्याम्पसले विज्ञप्ति निकालेको छ । क्याम्पस पप्रसाशनले क्याम्पस घाटामा भएको कारण देखाउदै एकलौटि ढङ्गले शुल्क बढाउने निर्णय प्रति स्ववियुको गम्भिर ध्यानाकर्षण भएको स्ववियु अध्यक्ष कुमार केसीले जानकारी दिएका छन् ।
पौष २० गते आइतबारकोे संचालक समितिको बैठकले क्याम्पस प्रसाशनले क्याम्पस घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । क्याम्पस प्रसाशनले सबै संकायमा भर्ना तफ सतप्रतिशत र मासिक शुल्क तर्फ ६५ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।
स्ववियको विज्ञप्ति अनुसार विद्यार्थीको ढाड सेक्ने गरी गरीएको शुल्क वृद्धीको निर्णयप्रति स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकार्षण भएको छ । क्याम्पस घाटामा छ भनि देखाएर विद्यार्थी अविभावकलाई मारमा पार्ने गरी गरीएको शुल्क वृद्धीको निर्णयप्रति घोर भत्र्सना गदैं तत्काल निर्णय नसच्याए स्वतन्त्र विद्यार्थी युनियन जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताएको छ ।
विद्यार्थीको मन र मतलाई कमजोर ठानी जिस्काउने गतिविधी गरेमा हुने सम्पूर्ण भवित्तव्य घटनाकोे जिम्मेवारी लिनेसमेत क्याम्पस प्रशासन र संचालक तयार रहनु पर्ने बताएको छ ।
यसै घटना प्रति आपति जनाउदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुर क्याम्पस कमिटिले पनि विज्ञप्ति जारी गरेको छ ।