चितुवाको आक्रमणबाट ८ वर्षीय बाललको मृत्यु

हेटौडा न्युज
२१ पुष २०७६, सोमबार १६:३८
;

आँबुखैरेनीमा चितुवाले एक बालकको ज्यान लिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

मामा घरबाट फर्कंदै  गर्दा चितुवाको आक्रमणबाट बालकको ज्यान गएको हो । लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय, तनहुँले  जनाएको छ ।

चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*