हेटौंडालाई प्रदेशको राजधानी बनाउन युवाहरुको माग (फोटो फिचर)
हेटौंडालाई प्रदेश ३ को स्थायी राजधानी बनाउनु पर्ने माग राख्दै प्रदेश सभा सचिवालय अगाडि प्रर्दशन गरीएको छ ।
हेटौंडाका विभिन्न संस्थामा आबद्ध युवाहरुको उपस्थितिमा प्रर्दशन भएको हो ।
हेटौंडाको बुद्ध चोकमा जम्मा भएका करिब ३६ वटा संस्थाका युवाहरुले शान्तिपुर्ण र्याली सहित प्रदेश सभा सचिवालय अगाडि लामबद्ध भएर दबाब मुलक प्रदर्शन गरेका हुन् ।
विभिन्न नारा लेखिएका प्लेकाड सहित स्थायी राजधानीको माग गर्दै हेटौंडेली युवाहरुले प्रदेश सचिवालय अगाडी प्रदर्शन गरेका हुन् ।
प्रदेशवासिको जित, राजधानी हेटौंडा उचित भन्ने नारा सहितका प्रदेश ३ को राजधानी हेटौंडा कायम गरौं भन्ने ब्यानरमा विभिन्न राजनैतिक संगठन, सामाजिक संघ संस्था, पेसागत संघ संस्था, लगायतका संस्थामा आवद्ध युवाहरुको उपस्थितिमा प्रदर्शन गरीएको हो ।