क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा नेविसंघको ताला

क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाइ कमिटीले विरोध प्रदर्शन गरेको छ ।
सामुदायिक क्याम्पस प्रशासनले निजि कलेजस्तो व्यवहार पटकपटक देखाएको भन्दै नेविसंघले विरोध गर्दै क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा ताला लगाएका छन् ।
क्याम्पस प्रशासनको पौष २० गतेको बैठकले क्याम्पस घाटामा रहेको भन्दै विद्यार्थीको मासीक शुल्कमा ६५ प्रतिशत वृद्धि गरेको थियो ।
नृविसंघका अनुसार अबैज्ञानिकरुपमा शुल्क बढाइएको र यो कुनै पनि हालतमा मान्य नहुने बताएको छ । शुल्क वृद्धिको निर्णय बिना सर्त फिर्ता नलिए जस्चतो सुकै कदम चाल्न समेत नेविसंघ तयार रहेको बताइएको छ ।