भुमिहीन भयौं भन्दै आफैलाई मोसो दली विरोधमा
महानगरपालिका २१ खोकनामा विकासका कामले भूमिहीन हुने भन्दै आफैलाई कालोमोसो दलेर स्थानीयले विरोध गरेका छन् ।
मंगलबार बिहान खोकनास्थित वडा कार्यालय अगाडि फास्ट ट्र्याक, बाहिरी चक्रपथ लगायतका विकासका कामले त्यहाँका स्थानियवासी भूमिहीन भयौं भन्दै मोसो दलेर विरोध जनाएका हुन्।
हामीले विरोधका धेरै कार्यक्रमहरू गरेर पनि सुनुवाइ भएन, अभियान्ता राजाराम तन्डुकारले भने, राज्य संस्थाले हाम्रो संस्कृतिमाथि मोसो दलेकोले आफ्नै मुखमा दल्न बाध्य भएका हौं ।
ठूला आयोजनाले आफ्नो भूमिसँगै संस्कृतिमा समेत असर पर्ने भन्दै सांगीतिक कार्यक्रम समेत गरी खोकनावासी र अभियान्ताहरूले संयुक्त रूपमा विरोध जनाएका हुुन्।
तन्डुकारले भने, विकास जनताका लागि हो कि विकासका लागि जनता हो भन्ने कुरा बुझाउन यो कार्यक्रम गरेका हौं ।
आउँदो शनिबार पनि यस्तै कार्यक्रम इन्द्रचोक र कीर्तिपुर लगायतका स्थानमा विरोध प्रदर्शन गर्न लागेको तन्डुकारले जनाएको छ । ।