मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रेका तामाङ पक्राउ 

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार १८:४८
;

मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङ पक्राउ रहेका छन् । 

उनलाई मंगलबार काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३-०२-००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्‍याएर ल्याई रहेको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*