नक्कली नोटसहित दुईजना पक्राउ

२२ पुष २०७६, मंगलवार २०:१२
नक्कली नोटसहित प्रहरीले झापाको विर्तामोडबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विर्तामोड नगरपालिका-५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका(४ का २५ वर्षीय किरण खवास रहेका छन् ।
विर्तामोड नगरपालिका-५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।