लक्ष्मी स्कुलका विद्यार्थीलाई वडा अध्यक्ष बानियाँको स्विटर उपहार

हेटौडा न्युज
२२ पुष २०७६, मंगलवार २१:५०
;

वडा अध्यक्ष बानियाद्वारा लक्ष्मी स्कुलका दुई सय बिद्यार्थीलाई स्विटर वितरण गरेका छन् ।

हेटौडा उपमहानगरपालीका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाले ब्यक्तीगत खर्चमा हेटौडा ५ स्थित लक्ष्मी आधारभुत स्कुलका २ सय जना बिध्यार्थीहरुलाई स्विटर प्रदान गरेका हुन् । 

आफुले निर्वाचनका बेला सामाजिक सेवा गर्ने भनेर चुनाबी सभाहरुमा बोले अनुसार आफनो सम्पुर्ण परीश्रमिक सामाजीक कार्यका लागी खर्च गर्ने गरेको  वडा अध्यक्ष बानियाले बताएका छन् ।

कार्यक्रममा पिप्ले युवा कल्बका अध्यक्ष शुसिल घिमिरे,नेपाली काग्रेश वडा नम्बर ५ का सभापती यम बहादुर श्रेष्ठ,बिध्यालय ब्यस्थापन समितिका अध्यक्ष तारा अधिकारी,कपडा तथा तयारी पोशाक संघ मकवानपुरका उपाध्यक्ष रबिन्द्र घिमिरे,कोषध्यक्ष नेत्र खतिवडा,सदस्य जंग बहादुर बस्नेत, वडा नम्बर ५ का तरुणदलका अध्यक्ष रबि थापा,सदस्य रण बहादुर खनाल, शान्ति नगर टोल बिकाश संस्थाका अध्यक्ष देबी बुढाथोकी,समाजसेबी राम बिडारी,५ नम्बर वडा सदस्य ज्ञानु थापा लगाएतको उपस्थिती रहेको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*