प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ
प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । । काठमाडौँमा गएराती डिउटीमा खटिएको प्रहरीलाई घुस दिन खोज्ने भक्तपुर बालकोट बस्ने दाङ घोराही उपमहानगरपालिका ४ घर भएका २१ वर्षीय रविन घर्तीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका घर्तीले काठमाडौं महानगरपालिका १५ डल्लु पुलमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट डिउटीमा खटिएको प्रहरीलाई घुस दिन घुस दिन खोजेका थिए ।
प्रहरीका अनुसार बा।९७ प ३१९३ नम्बरको मोटरसाइकलमा सवार घर्तीले सवारी चालक अनुमतिपत्र बिना नै मोटरसाइकल चलाएपछी पक्राउ परेका उनले उक्त कुराबाट उम्कन प्रहरीलाई घुस दिन खोजेका थिए ।