शिक्षा आयोग उपाध्यक्ष गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईको आरोप

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार २०:५१
;

बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाएका छन् ।  काठमाडौँमा  पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले  २० करोड रुपैयाँ घुस मागेको कलेजका सञ्चालक दुर्गा प्रसाईले आरोप लगाएका हुन् । 

यही पुस १५ गते होटल द्वारिकाजमा भेटर उपाध्यक्ष गिरीले आफुले नेता तथा उपल्लो तहका कर्मचारीलाई मोटो रकम बुझाउन पर्ने भन्दै उनले २० करोड रुयैयाँ मागेको सञ्चालक प्रसाईंले बताएका छन्  ।  । 

सम्मेलनमा पत्रकारहरुले २० करोड मागेको प्रमाण के छ भनेर प्रश्न गर्दा ‘प्रसाईंले मोवाइलमा एसएमएस समेत लेख्न नसक्नले कसरी रेकर्ड राख्नु ?  प्रसाईंले गिरी र आफूलाई आमनेसामने राखेर कुरा गराउन चुनौती दिए ।

यता, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । त्यसबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् । उनले भने ‘जिम्मेवार व्यक्ति  हावाको भरमा बोल्न हुँदैन, प्रमाणको आधारका बोल्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*