प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै हेटौंडामा प्रदर्शन

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार २१:४४
;

प्रदेश ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको नेतृत्वमा बुधबार प्रर्दशन भएको छ । प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै हेटौंडामा प्रदर्शन भएको हो । 

प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनु पर्ने भन्दै नामाकरणको सन्दर्भमा नेकपा सचिवालयले गरेको निर्णय सच्याउन आग्रह गर्दै आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङले भने देशको नाम नेवाः तामसालिङ हचुवाको भरमा नभई जनसंख्या र पहिचानको आधारमा माग गरेका हौँ । 

नेवाः तामसालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङसहित विभिन्न जातीय संस्थाहरुको समर्थनमा हेटौंडामा प्रर्दशन भईरहेको  तामाङ घेदुङ मकवानपुरका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिएका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*