मकवानपुरको नेवारपानीबाट लागुऔषधसहित २ जना पक्राउ
मकवानपुरबाट लागूऔषधसहित आज बुधबार दिउँसो २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट १० किलो १ सय ८० ग्राम अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने खुलाएको छैन ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर ०१ सीएम् ६२४६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा कारको डिकीभित्रबाट उक्त गाँजा बरामद भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।