५ किलो गाजाँसहित मकवानपुरमा एकजना पक्राउ

हेटौडा न्युज
२४ पुष २०७६, बिहीबार १८:२७
;

मकवानपुर प्रहरीले बुधबार साँझ ५ किलो गाजाँसहित एकजनालाई पक्राउ गरेको छ । चितवन राप्ती नगरपालिका वडा नं.२ बस्ने वर्ष ३७ को कृष्ण थापा मगरलाई प्रहरीले गाजाँसहित पक्राउ गरेको हो ।

मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं १५ स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा ड्राइभरडाँडातर्फबाट पथलैया जाँदै गरेको प्रदेश ०२-०३-००६ प २८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्र.स.नि. नविन विक्रम थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*