स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु, चालक गम्भिर घाईते

सडक बनाउन गएको स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु भएको छ भने चालक गम्भिर घाईते भएका छन् । काभ्रेको पनौतीमा पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा नम्बर नखुलेको स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खस्दा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीको घरमा बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्काभेटर चालक पनौती ७ का जीवन ताम्राकारको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जनाएको छ ।