अदालतको १४ अर्ब जरिबाना उठ्न बाँकी, हजारौं दोषी अझै फरार
सर्वोच्च अदालतको अन्तिम फैसलाबाट दोषी ठहरिएर पनि वर्षौदेखि फरार रहेको फैसला कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसका लागि निर्देशनालयले दोषीहरूको कैद सजाय भुक्तान र जरिवाना भराउन विभिन्न सरकारी निकायहरूमा पत्राचार सुरु गरेको जनाएको छ । निर्देशनालयका अनुसार फरार दोषीहरूबाट १४ अर्ब पाँच करोड रुपैंयाँभन्दा बढी जरिवाना बापत उठ्न बाँकी रहेको र एक लाख ५६ हजार वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको छ ।
फरार दोषीहरूलाई कानुनी दायराभित्र ल्याउने उद्देश्यले अभियान नै शुरु गरिएको निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहले बताएका छन् ।
स्रोत–बीबीसी नेपाली