मन्त्री नेपालद्वारा टोल विकास संस्थालाई डस्वीन 

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार १६:४५
;

नारायणी यातायात व्यवसायी संघ तथा डिभिजन वन कार्यालय, मकवानपुरले संयुक्त रुपमा हेटौंडा बसपार्कमा निशुल्क डस्वीन वितरण गरेका छन् । कार्यक्रममा प्रदेश ३ का उद्योग वन तथा वातावरण मन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा करीब २ सय थान डस्वीन वितरण गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र १० का टोल विकास संस्था, मन्दिर, सार्वजनिक संस्था तथा नारायणी संघसँग आवद्ध भाडाका सवारीहरुलाई डस्वीन वितरण गरिएको हो । 

सार्वजनिक सवारीहरुका यात्रुहरुले प्रयोग गरेका सामग्रीबाट निस्केका फोहोरजन्य सामग्रीहरु सडक, बसपार्कहरुमा नफालियुन् भन्ने उद्देश्यले सार्वजनिक सवारीहरुमा अनिवार्य डस्वीनको व्यवस्था गरिन लागेको संघका महासचिव सरोजकुमार खनालले जानकारी दिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्री नेपालले सार्वजनिक सवारी निर्माण गर्दा सवारी भित्र अनिवार्य फोहोर संकलन गर्ने भाँडा पनि निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

आफूले उब्जाएका फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्दै मन्त्री नेपालले उद्योगहरुले उत्पादन गरेका सामग्रीहरु प्रयोग पछि आउने फोहोर संकलनका लागि उद्योग आफैले ध्यान दिनु पर्ने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, संघका पदाधिकारीहरु, टोल विकास संस्थाका सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*