प्रदेश ३ को राजधानी हेटौंडा हुने निश्चित

हेटौडा न्युज
२५ पुष २०७६, शुक्रबार २०:२८
;

प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा र प्रदेशको नाम बागमती रहने करीब पक्का भएको छ । आज हेटौंडामा बसेको सत्तारुढ दल नेकपाको प्रदेश ३ को संसदीय दलको बैठकले सो निर्णय गरेसँगै राजधानीको विषय टुङ्गोमा पुग्ने भएको हो ।

संविधानको धारा २ सय ८८ अनुसार राजधानी र नामाकरणमा प्रदेश सभाका जम्मा सदस्य मध्ये २ तिहाईले गरे अनुसार हुने व्यवस्था छ । प्रदेश ३ मा १ सय १० जना सदस्य मध्ये ८० जना सत्तारुढ दलका रहेका छन् भने ७४ मत भए दुईतिहाई पुग्ने अवस्था छ ।

नेकपाका अनुसार भोलि प्रदेश सभामा समेत एउटै नाम र हेटौंडा राजधानीका रुपमा प्रस्ताव दर्ता गर्ने तयारीमा समेत रहेको बुझिएको छ । सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालयले केही दिन अघि नाम बागमती र राजधानी हेटौंडा राख्न प्रदेश सुझाव समेत दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*