कैदी छुटाइदिने भन्दै रकम ठगी, कांग्रेसका युवा नेतासहित दुईजना पक्राउ

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार १९:२६
;

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै पैसा असुली ठग्ने दुईजना पक्राउ परेका छन । अंन्चु शेर्पालाई हिरासतबाट छुटाईदिने भन्दै रकम असुल्ने केन्द्रीय बाल संजाल उदयपुरका निर्वतमान अध्यक्ष सुरेश गुप्ता र सचिव रुपेश दनुवालाई प्रहरीले पक्राउ गरेको हो । 

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसूर मुद्दामा मंसिर १९ गते पक्राउ परेर प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाइदिने भन्दै उनीहरुले एक लाख लाग्ने भन्दै शेर्पाका अभिभावकलाई प्रलोभनमा पारी १० हजार रुपैयाँ अग्रिम बुझेका थिए ।

तर रकम लिए पनि शेर्पा प्रहरी हिरासतमा रहेको र जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्दा चालु अवस्थामै रहनेगरी करिव ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएपछि गुप्ता र दनुवारको कर्तुत बाहिर आएको  जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जनाएको छ । 

३५ वर्षीय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट निवासी हुन् भने २४ वर्षीय दनुवार त्रियुगा नगरपालिका ८ राजाबास निवासी हुन्। उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*