कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा बम विष्फोट

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार २०:०२
;

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा बम विष्फोट भएको छ ।

अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा शुक्रबार राती अज्ञात समूहले बम  विष्फोट गराएको स्थानीयले बताएका छन् ।

बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा माओवादी विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।

बम विष्फोटबारे आधिकारिक जानकारी प्राप्त नभएको र अछाम क्षेत्रमा भएको बारे बुझिरहेको दैलेख प्रहरी प्र्रमुख डीएसपी हरिबहादुर वलीले बताए ।

कर्णाली प्रदेशको बहुचर्चित माथिल्लो कर्णाली जलविद्युत आयोजना बन्ने सुनिश्चित भएपछि स्थानीयबासी खुशी भइरहेको वेला भएको बम विष्फोटले जनजीवन असामान्य बनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*