पुस २८ गते सार्वजनिक विदा 

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार २०:३०
;

मकवानपुरको मनहरी गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । यहि पुस २८ गते बालमैत्री स्थानीय शासन अवलम्बन घोषणाको कार्यक्रम परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो । 

बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो गाउँपालिका घोषणा हुने भएकोले यस अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती बताए ।

कार्यक्रम मनहरी गाउँपालिका वडा नं। ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको चौरमा हुने जनाईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*