छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुदाँ करिब ८ लाख बराबरका क्षति

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १७:०६
;

 पर्साका छुट्टाछुट्टै दुई स्थानमा आगलागी हुदाँ करिब ८ लाख बराबरका धनमाल जलेर नष्ट भएको छ । वीरगञ्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकामा आगलागी भएको हो ।

शनिबार दिउँसो वीरगञ्ज–१३ नारायणी यातायात कार्यालय वीरगञ्ज परिसरमा रहेको कृष्णाप्रसाद खनालको खाजा चिया क्यान्टिनमा आगलागी भएको प्रहरीले जनाएको छ ।  खाजा पकाउने क्रममा ग्यास सिलिण्डरको पाइपबाट आगालागी भएको वडा प्रहरी कार्यालय, श्रीपुरले जनाएको छ ।

त्यसैगरी, शुक्रबार राति जगरनाथपुर–५, मसिहानीस्थित जमदिन मियाँको फुसको घर र गोठ आगोले जलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, पोखरियाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा  लिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*