पाँच दिनसम्म सामुदायिक विद्यालय बन्द

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार १८:५२
;

अत्यधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको छ । 

हिमपातका कारण अत्याधिक चिसो भएपछि नगरपालिकाले आउँदो माघ १ गतेसम्म (पाँच दिन) विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरभित्र एकाएक चिसो बढेको र विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गर्न अनुरोध गरिएको निमित्त प्रमुख प्रसासकीय अधिकृत मञ्जु थापाले जानकारी दिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*