चोरीका गहना र नगदसहित ६ जना पक्राउ

हेटौडा न्युज
२७ पुष २०७६, आईतवार २२:००
;

चोरीका गहना र नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरीले वीरगञ्ज उपमहानगरपालिका घर भएका ४० वर्षीय रन्जु मुसहर, ७० वर्षीय कलमी मुसहर, १८ वर्षीय उषा मुसहर, ६० वर्षीय जोगिन्द्र मुसहर, ३० वर्षीय जितेन्द्र मुसहर र २० वर्षीय वविना मुसहरलाई पक्राउ गरेको हो । 

उनीहरुबाट चोरीका गहना र ७० हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । 

‘हामीले तीन जनालाई रातो पुल क्षेत्रबाट र अन्य तीन जनालाई डोके बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जनाएको छ । 

पक्राउ परेकाहरू सार्वजनिक ठाउँमा माग्दै हिँड्ने गरेको र  ‘कोही नभएको मौका छोपेर चोर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरु  गिरोह नै रहेको अनुमान गरेको र यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*