कक्षा अपग्रेडको लागि २५ हजार रुपैँया सहयोग
हेटौँडा उपमहानगरपालीका वडा नम्बर १३ स्थित श्री युग चेतना नमुना आधारभुत विद्यालयको कक्षा अपग्रेडको लागि २५ हजार रुपैँँया सहयोग गरेका छन् । नेपाली काग्रेश मकवानपुरका माहासमिति सदस्य एंँव सल्लाहाकार समेत रहनु भएका युवा समाजसेवी व्यावसायी प्रभात दाहाल र निर्माण व्यावसायी क्षेत्रका युवा व्यावसायी राजबाहाक दाहालले संयुक्त रुपमा रकम सहयोग गरेका हुन् ।
हेटौँडा २ निवासी दाहाल र राजवाहकले विद्यालयका प्रधानाध्यापक राजु बर्तौैला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार डिम्दुङ र विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष तेजकुमार स्याङतानलाई आज रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा रेडियो थाहा सञ्चार हेटौँडाका स्टेशन म्यानेजर मणिराज गौतम, प्रदिप अधिकारी,युवा ब्यबसायी अमित शाहा तथा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो । २०५३ सालमा स्थापना भएको विद्यालयमा १ सय २३ जना अध्यानरत छन् । हाल कक्षा ५ सम्म अध्यापन हुँदै आईरहेको र आगामी शैक्षिक वर्ष २०७७ बाट विद्यालयमा कक्षा ६ मा अपग्रेड गरिने प्रधानाध्यापक बर्तौलाले बताएका छन् । अहिले युएसआइडीको सहयोगमा १४ कोठे विद्यालयको भवन निर्माण कार्य चलिरहेकोले विद्यालयले अस्थायी रुपमा वनस्पति हेल्थपोष्टको भवनमा कक्षा सञ्चालन गर्दै आएको छ ।
आगामी शैक्षिक सत्र २०७७ को वैशाख २१ गते निर्माण पक्षले विद्यालय भवनको हस्तान्तरण गर्ने उनले बताए ।