बुद्धचित्त र रुद्राक्षसहित ३ जना पक्राउ

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार १७:०६
;

बुद्धचित्त र रुद्राक्षसहित प्रहरीले  ३ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले  भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गा.वि.स. वडा नं. २ बस्ने ४२ वर्षीय जगत लामा तामाङ र सोही गा.वि.स–६ बस्ने ४२ वर्षीय सुर्यमान तामाङलाई पक्राउ गरेको छ । 

मनहरी गाँउपालिका–७ मनहरी बजार स्थित पुर्व–पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको चेकिङ टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १ हजार ७ सय ७० थान र रुद्राक्ष को माला १ सय ४४ थान फेला परेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी वन कार्यालयतर्फ पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*