टिपरले किचेर हत्या गरिएको दिलिपको परिवारलाई ५ लाख राहत दिने
अवैध उत्खनन रोक्न गएका क्रममा टिपरले किचेर हत्या गरिएको युवाको परिवारलाई प्रदेश सरकारले राहत प्रदान गर्ने निर्णय गरेको छ ।
प्रदेश २ मा सोमबार बसेको मन्त्रीपरिषदको बैठकले दिलिपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिएका छन् ।
महतोको हत्यामा संलग्नलाई कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको झा ले बताए ।
शुक्रवार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं.५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलिप कुमार महतो(ओमप्रकाश)लाई घाइते बनाइ टिपरले किचेर हत्या गरिएको थियो।
टिपरले किचेर हत्या गरिएका नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कारबाहीको माग गर्दै आइतबार धनुषामा प्रदर्शन भएको थियो।
प्रहरीले हत्या आरोप तथा अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरेको छ।