ठगी गरेको आरोपमा ‘बाबा शिवानन्द स्वामी’ पक्राउ
ठगी गरेको आरोपमा बाबा शिवानन्द स्वामी पक्राउ परेका छन् । आफ्नो पहुँचका आधारमा चेक रिपब्लिक पठाइदिने भन्दै ५ जना युवाहरुलाई ठगी गरेको उजुरीपछि प्रहरीले बाबा शिवानन्द स्वामी नामले प्रचलित दीपक भण्डारीलाई पक्राउ गरेको हो।
३० वर्षका भण्डारीले आफू तन्त्रविद्यामा सिद्ध भएको भन्दै सर्वसाधारणलाई भ्रमित बनाउँदै आएका भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले उजुरीको आधारमा सोमबार बिहान पक्राउ गरेको हो ।
भण्डारीले उनीविरुद्ध उजुरी हालेका पाँच जना युवालाई चेक रिपब्लिक पठाउन भन्दै ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जनाएको छ । यस सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।