थ्री नट थ्री राइफलसहित एक जना पक्राउ 

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार २१:२७
;

 थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् ।

सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा प्रयोग हुने ३ डब्बा बारुद छर्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*