प्रहरी हुँ भन्दै नगद असुली गर्ने २ जना पक्राउ

हेटौडा न्युज
२८ पुष २०७६, सोमबार २२:१९
;

प्रहरी हुँ भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग रकम असुली गरिरहेको अवस्थामा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दासलाई पक्राउ गरेका हुन् । 

ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीको टोलीले प्रदेश प्रहरी कार्यलय विराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद असुली गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*