प्रदेश ३ को राजधानी हेटौंडालाई खुसीयाली, अन्य जिल्लाको असन्तुष्टी
प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएपछि अपायक स्थानमा राजधानी राखेको भन्दै प्रदेशकै अन्य जिल्लाका बासिन्दाले असन्तुष्टि पोखिरहेका छन् । अपायक स्थानमा राजधानी राखेको भन्दै प्रदेश सभा सदस्यहरुको तिव्र आलोचना भइरहेको छ ।
राजधानीको विषयलाई लिएर प्रदेश ३ का बासिन्दा तथा विभिन्न संघ संस्थाहरुको असन्तुष्टिआईरहेको छ ।
असन्तुष्टिकै बिच मकवानपुर जिल्लामा भने खुसीयाली मनाईरहेको छ । राजधानी पाएको खुसीमा कतिपय स्थानिय तहले त विद्यालय बन्द नै गर्न भ्याए ।
प्रदेश ३ को राजधानी हेटौंडा कायम भएको खुसीयालीमा हेटौंडा उपमहानगरपालिका ६ नं.वडा कार्यालयले वडाभित्रका सबै विद्यालयमा सोमबार छुट्टी दिएको थियो।
सहायक वडा प्रशासकीय प्रमुख इन्दिरा कुमारी न्यौपानेद्वारा जारी सूचनामा प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद् उपलक्ष्यमा पुस २८ का दिन वडाभित्रका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न भनि सचना प्रकाशन गरेको थियो ।
यता हेटौंडा उपमहानगरपालिका-६ का वडाध्यक्ष अर्जुन चापागाईंले भने विद्यालय छुट्टी नदिएको दाबी गर्दै आएका छन् ।
यता घरजग्गा व्यवसायीले भने प्रदेश ३ का जनप्रतिनिधिहरुलाई बधाईसम्म दिएका छन् ।
हेटौंडाले राजधानी पाएको खुसीयालीमा घरजग्गा व्यावसायीहरुले विभिन्न दैनिक पत्रिकामा सूचना छापेर बधाईसमेत दिएका छन् ।