काठमाडौंको दुईवटा एनसेल टावरमा आगजनी

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १७:४३
;

काठमाडौंको दुईवटा एनसेल टावरमा आगजनी भएको छ । सोमबार राति  काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमाले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा आगजनी भएको हो ।

आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान गरिएको छ । 

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*