बसमा हस्तमैथुन गरेको भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १७:५६
;

सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी भिडियो अपलोड गर्ने व्यक्ति पक्राउ परेका छन् । 

गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन सार्की  महानगरीय अपराध महाशाखाको टोलीले रबिनलाई चितवनबाट पक्राउ गरेको थियो ।

उनी सात महिनाअघि मात्रै नेपाल फर्किएका थिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो । 

रबिन घटनालगत्तै भारत फरार भएको प्रहरीले जनाएको छ ।  भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको बताएका छन् ।

यातायात भित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सार्वजनिक भएपछि त्यसको निकै आलोचना भएको थियो ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*