पाटे बाघको छालासहित एकजना पक्राउ

२९ पुष २०७६, मंगलवार १८:५९
पाटे बाघको छालासहित ललितपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ९, शंखमूलमा डेरा गरी बस्ने सिन्धुली दुधौलीका २६ वर्षीय महेश अधिकारी रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनको कोठामा जाँच गर्दा उनको साथबाट एकथान पाटे बाघको छाला बरामद भएको प्रहरीले जनाएको छ ।