विप्लव समूहद्वारा एनसेल टावरमा बम विस्फोट, अर्को बम सेनाद्वारा डिस्पोज

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार १९:११
;

एनसेल टावरमा विप्लव समूहले बम विस्फोट गरेका छन् । देउमाई नगरपालिका-७ जितपुर अजम्बरे डाँडामा सोमबार राति भएको बम विस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख हिरा बहादुर पाण्डेले जनाएको छ ।

घटनास्थल नजिकै नपड्किएको सुतली बम र तार समेत फेला परेको छ । उक्त बम नेपाली सेनाले निस्क्रिय गरेको प्रहरीले जनाएको छ  ।

विस्फोटबाट टावरका लागि प्रयोग हुने जेनेरेटरसहित अन्य सामग्री ध्वस्त भएको  जनाईएको छ ।  विस्फोट गरिएको क्षेत्रमा विप्लव समूहको पर्चा भेटिएकोले विप्लव समूहले नै गरेको निष्कर्षसहित विस्फोटमा स‌ंलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*