५ सय १० मिलीग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २०:०१
;

धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको विषेश  सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकाहरूबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको नोट लगायतका सामान बरामद गरिएकोकैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जनाएको छ । जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*