पीडित महिलालाई निको बनाइदिन्छु भन्दै करणी गर्ने पास्टर पक्राउ

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २०:५८
;

खुट्टा काम्ने रोगबाट पीडित ती महिलालाई निको बनाइदिने भन्दै  करणी गरेको आरोपमा एक पास्टरलाई पक्राउ गरिएको छ । तीन महिनादेखि एक महिलालाई जबरजस्ती करणी गर्दै आएको जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि पास्टर ध्रुवबाबु जोशीलाई सोमबार पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता एसपी दुर्गा सिंहका अनुसार पक्राउ परेका जोशीलाई  कुसुन्तीबाट नियन्त्रणमा लिएको हो।

उनी रोग निको हुने भन्दै ललितपुरको मण्डली चर्चमा प्रार्थनाका लागि जाने गर्थिन्। ती महिलाको उजुरीमा जोशीले चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको पनि उल्लेख छ । त्रास देखाउदैँ जोशीले महिलालाई करणी गरेको कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश हुन्छ भन्दै आएका थिए । केही वर्षअघि उनकी सालीले जोशीसँगको सम्बन्धका कारण झुन्डिएर आत्महत्या गरेकी थिइन्।
 

यसमा तपाइको मत

Your email address will not be published.


*