माघ १० गते बागमती प्रदेशमा सार्वजनिक विदा

हेटौडा न्युज
२९ पुष २०७६, मंगलवार २१:१०
;

बागमती प्रदेशले माघ १० गते पर्ने तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । सोनाम ल्होसारको अवसरमा प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लामा सार्वजनिक विदा दिने भएको हो ।

२७ गते बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले बताएका छन्।

बैठकले माघ १० गते सार्वजनिक विदा दिने निर्णय गरेपनि प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मात्रै औपचारिक पत्रमा हस्ताक्षर गरेको बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख लेखा अघिकृत देवीप्रसाद गौतमले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*