भन्सार छलेर ल्याएको ६० लाख बराबरको कपडासहित मकवानपुरका लामा पक्राउ

हेटौडा न्युज
१ माघ २०७६, बुधबार १८:३३
;

भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित नेपाल प्रहरीले मकवापुरका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना५ख ९६०५ नंको कन्टेनर जाँचका क्रममा ६१ बोरा कपडा लुकाएर ल्याएको अवस्थामा कपडा बरामद गरिएको प्रहरीले जनाएको छ । 

कपडासहित प्रहरीले मकवानपुरका ४२ वर्षका आनन्द लामा पक्राउ गरेका हुन् । मकैको बोराभित्र लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएका महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जनाएको छ ।

 उक्त सामानको मूल्य रु ६० लाख बराबर रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरनमा लामालाई पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*