मकर सङ्क्रान्तिको अवसरमा मुख्यमन्त्री पौडेलको शुभकामना
नेपालमा एक समुदायले मनाउने पर्वलाई अर्को समुदायले सम्मान गर्ने प्रचलन रहेको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
मकर सङ्क्रान्तिको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशन गरी नेपाललाई विविधताका बीचमा एकता भएको देशका रुपमा व्याख्या गरेका छन् । मुख्यमन्त्री पौडेलका अनुसार मकर सङ्क्रान्ति, माघीजस्ता नाममा मनाइने विभिन्न समुदायको प्रमुख चाडका रुपमा रहेको बताएका छन् ।
शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित माघे सङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन् ।
नेपालमा मनाइने हरेक पर्वले विशेष महत्व बोकेको मुख्यमन्त्री पौडेलको भनाई छ । एक समुदायले अर्को समुदायले मनाउने पर्वलाई सम्मान गर्ने प्रचलन पुरानो हो । “हामीले यस्तो परम्परा भविष्यसम्म पनि अनुशरण गर्दै जानुपर्छ, सम्पूर्ण वाग्मती प्रदेशवासीलाई माघे सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् ।