बर्दियामा टयाक्टर दुर्घटना, एक एकको मृत्यु, १५ जना घाईते

बर्दियामा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको र घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको र
टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










