मकवानपुरका दुई स्थानमा एकीकृत बस्ती निर्माण  

हेटौडा न्युज
१ माघ २०७६, बुधबार १९:५५
;

मकवानपुरका दुई स्थानमा एकीकृत बस्ती निर्माण गरिने भएको छ । राक्सिराङ गाउँपालिका–५ का सकुम्बासी लाभग्राही र कैलाश गाउँपालिका—१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई एकीकृत बस्ती निर्माण गरिने भएको हो ।

जिल्ला आयोजना इकाई भवन कार्यालयले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमार्फत एकीकृत बस्ती निर्माण गर्न लागिएको हो । 

राक्सिराङका १० घर लाभग्राहीलाई मनहरी गाउँपालिका—५ जोगितालमा चार रोपनी जग्गा खरिद गरेर घर निर्माण गर्न लागिएको छ भने कैलाश गाउँपालिका—१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई वरमटारमा स्थानान्तरण गर्न लागिएको जनाइएको छ ।

वरमटारमा ५ रोपनी जग्गा १० लाखमा खरिद गरिएको जिल्ला आयोजना ईकाई भवन कार्यालयले जनाएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त एकीकृत बस्तीका लागि पूर्वाधार निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । लाभग्राहीले ३ लाख रुपैयाँको अनुदान रकमले भवन पुनर्निर्माण गर्ने तयारीमा जुटेका छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*