१० लाखको अवैध मोबाइलसहित दुई जना पक्राउ

हेटौडा न्युज
१ माघ २०७६, बुधबार २०:१७
;

१०  लाखको  अवैध मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले ब्रदर्स मोबाइल पसलका सञ्चालक सुनील खनाल र सुदीप खनाललाई पक्राउ गरेको हो ।

उनीहरूले भन्सार छलेर विभिन्न कम्पनीका ३० मोबाइल सेट पसलमा राखेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*