विविध कार्यक्रम गर्दै हेटौंडामा पाँचौं राष्ट्रिय योग दिवस मनाईयो

हेटौडा न्युज
१ माघ २०७६, बुधबार २१:२१
;

विविध कार्यक्रम गर्दै हेटौंडामा पाँचौं राष्ट्रिय योग दिवस मनाईएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय र पतंजली योग जिल्ला समितिको संयुक्त आयोजनामा राष्ट्रिय योग दिवस मनाईएको हो ।

हेटौंडा–४ हुप्रचौरस्थित पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा योग अभ्यास गर्नुका साथैहामीले प्रयोग गर्ने खानामा संतुलन गर्न सके र नियमीत व्यायाम गरेमा धेरैजसो रोगबाट बच्न सकिने बताईएको ।

कार्यक्रममा प्रदेश सभास्य प्रेम पुलामी, मुनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, स्वास्थ्य निर्देशक रमेश प्रसाद अधिकारी, डा अर्जुन प्रसाद सापकोटा, ब्रह्म कुमार विजय भाईजी, पतञ्जली योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायत जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा संघीय तथा प्रदेश सरकारको योजना अनुसार मकवानपुर जिल्लालाई योग युक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*