मकवानपुरको हेटौंडामा सुरु भयो एक महिने मकर मेला

हेटौडा न्युज
१ माघ २०७६, बुधबार २१:४२
;

हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेला आज बुधबारबाट सुरु भएको छ ।
हरेक वर्षको माघ महिनाभर लाग्ने मकर मेलाको  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गरेका हुन् । 

""

मेलाको उद्घाटन गर्दै प्रमुख खुलालले कुष्माण्ड सरोवर त्रिवेणीधाम मकवानपुरको धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकसित हुँदै गएको बताएका छन् । यसको प्रचारप्रसारमा समेत विशेष ध्यान दिनुपर्ने उनले बताए । 

मकवानपुरको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हेटाडौंको कुष्माण्ड सरोवर त्रिवेणीधाममा माघ महिनाभर लाग्ने मेलामा एकसय ८ गौमुखी धारामा मकर स्नान, दैनिक भागवत पाठपारायण, ख्यातिप्राप्त गुरुजनबाट दैनिक प्रवचन, भजन कीर्तन, साँझ आरति, सामूहिक ब्रतवन्ध गर्नेहरुको भिड लाग्ने गरेको छ ।

माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्ध क्षेत्र, पाण्डवहरुले श्राद्ध तर्पण गरेको, अम्बरीस राजाले भगवान विष्णुको आज्ञाले एकसय आठ धारामा स्नान गरी सन्तान लाभ भएकोलगायत विभिन्न रोग निदान भएको धर्मशास्त्रमा उल्लेख  गरिएको छ ।

मकर मेलाबाहेक कुष्माण्ड नवमी मेला, एकादशी, वडादशैं, साउन महिनाका सोमबारहरुमा त्यहाँ श्रद्धालुको बढी भीड लाग्ने गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*