अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ
अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाका २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।
इलाका प्रहरी कार्यालय खजुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।
हतियारसँगै एक थान म्यागजिन पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । हतियार पड्काउँदै हिँडेको सूचना पाएपछि प्रहरी टोली परिचालन भएको थियो।
उनीहरुलाई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।