हेटौंडामा माघी महोत्सवको रमझम (फोटो फिचर)
दोस्रो थारु तथा माघी महोत्सव हेटौंडामा विभिन्न कार्यक्रम गर्दै भएको छ । थारु समुदायले उल्लासका साथ हेटौंडामा मनाईदै आएको यो पर्वको यस वर्ष पनि हेटौंडामा रमझमका राम्रै चलेको छ ।
थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उदेश्यले महोत्सवको आयोजना गरिएको माघी महोत्सव मूल समारोह समितिले जानकारी दिएको छ ।
महोत्सवमा थारु सस्कृतिको पहिचानको रुपमा रहको थारु नाच, थारु जातीको इतिहास समेटेका विषयहरु, हस्तकला, थारु खानाको विशेष परिकारहरुको स्टल सहित महोत्सवमा स्थानीय तथा बाह्य थारु कलाकारको कलाले राम्रै स्थान पाएको छ ।